ad ad

कारोबार


३ महिनामा ४५ प्रतिशतले सेयर मूल्य बढेको सपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशतले बढ्यो

कस्तो छ अन्य अवस्था?
३ महिनामा ४५ प्रतिशतले सेयर मूल्य बढेको सपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशतले बढ्यो

नेपालखबर
साउन १०, २०८१ बिहिबार १२:४८, काठमाडौँ

तीन महिनामा ४५ प्रतिशतले सेयर मूल्य बढेको सपोर्ट लघुवित्तको नाफामा ७५ प्रतिशतले वृद्धि भएको छ। 

आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सानको विवरण सार्वजनिक गर्दै कम्पनीले अघिल्लो वर्षको तुलनामा नाफामा ७५ प्रतिशत वृद्धि भएको उल्लेख गरेको छ। जुन गत पुसको तुलनामा ९३ प्रतिशतले नाफा बढेको हो। 

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो भने गत पुससम्म कम्पनीले १ करोड २३ लाख रुपैयाँ नाफा गरेको थियो। 

आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीले २ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष कम्पनीको नाफा ७५.०३ प्रशितले बढ्दा गत पुसको तुलनामा भने ९३.२१ प्रतिशतले बढेको हो। 

नाफामा उल्लेख्य वृद्धि गरेको कम्पनीको अन्य वित्तीय सूचक पनि सकारात्मक देखिएका छन्। कम्पनीले अघिल्लो वर्ष ९ करोड ५२ लाख रुपैयाँ रहेको चुक्ता पुँजीलाई बढाएर यो वर्ष १० करोड ७६ लाख पुर्‍याएको छ भने कम्पनीसँग रहेको गैरसम्पत्ति घटाएको छ।  

कम्पनीले यो वर्ष ब्याज आम्दानीलाई बढाउँदा त्यसको सकारात्मक असर वित्तीय सूचकमा देखिएको छ। अघिल्लो आवमा ७ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले आव २०८०/०८१ मा ८२ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ। 

योबाहेक कम्पनीको निष्क्रिय कर्जा भने १.६३ प्रतिशतमा सीमित छ। गत आवमा कम्पनीको यस्तो कर्जा अनुपात १.८३ प्रतिशत थियो। 

तीन महिनामा ४५ प्रतिशतले मूल्य बढेको यस कम्पनीको सेयर बिहीबार १९६८ प्रतिकित्ताका दरमा खरिदबिक्री भइरहेको छ। वैशाख १२ गते १३५१ रुपैयाँ रहेको मूल्य साउन ९ गतेसम्म ४५ प्रतिशतले बढिसकेको छ। 

यो कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ।

कोशी प्रदेशमा रहेको यस कम्पनीको ८ जिल्लामा २५ शाखा छन् भने २२ हजार २८९ जना सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .