ad ad

राजनीति


रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, नयाँ महामन्त्रीबारे निर्णय होला ?

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, नयाँ महामन्त्रीबारे निर्णय होला ?

रास्वपा केन्द्रीय समिति बैठक(फाइल तस्बिर)


नेपालखबर
साउन १०, २०८१ बिहिबार ११:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ। बेही बेरमा बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा विधान अधिवेशन र महामन्त्री मुकुल ढकाललाई निलम्बन गरेपछि आन्तरिक संगठनमा आएको फेरबदल तथा आन्तरिक रणनीतिबारे छलफल हुने उनले जानकारी दिए।

कार्यवहाक प्रवक्ता झाका अनुसार नयाँ महामन्त्रीको नियुक्तिबारे भने यो बैठकबाट केही पनि निर्णय हुने छैन।

‘हामीले दिएको ३५ दिन पुरा नभएकाले महामन्त्रीबारे निर्णय गर्न मिल्दैन,’ उनले भने, ‘उहाँलाई पुनरावेदनको समय दिने अनि त्यो पुरा नहुँदै अर्को निर्णय गर्दा त उहाँमाथि अन्याय होला।’

रास्वपाको गत असार २६ मा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको थियो। पुनरावेदनका लागि भने उनलाई ३५ दिनको समय दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .