ad ad

राजनीति


माओवादीलाई शेखरको प्रश्न : १० वर्षमा संविधान सुधार गर्नुपर्छ भन्ने बिर्सनुभयो?

माओवादीलाई शेखरको प्रश्न : १० वर्षमा संविधान सुधार गर्नुपर्छ भन्ने बिर्सनुभयो?

नेपालखबर
साउन ८, २०८१ मंगलबार १७:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरुले राम्रोसँग संविधानको अध्ययन नगरेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए।

उनले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताए। उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुशी प्रकट गरे।

उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताए।

उनले भने, ‘संविधान संशोधनको कुरा गर्दा यस पटक संसदमा दुई तीन वटा कुरा आयो। यो संविधान के खराबी छ र? यसमा कमी कमजोरी के छ? चल्दै थियो, किन गर्ने रु भन्नेकुराहरु आए। तर उनहरुले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो। १० वर्षमा यसलाई पुनरावलोकन गर्नुपर्छ भन्नेकुरा उनहरले बिर्सिनुभएछ। यो संविधानमै लेखिएको छ।’

सांसद कोइरालाले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुले खादा, माला र स्वागतमै समय बिताइरहेको बताए। आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई काममा ध्यान दिन आग्रह गरेको पनि बताए।

सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको बताए। उनले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए। उनले राष्ट्रलाई प्राथमिकतमा राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताए।

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताए।

संविधान संशोधन गर्दा संसदभित्रका सबै राजनीतिक दलसँग सहमति गरेर नै अघि बढ्नुपर्ने उनको भनाई छ। दुई तिहाई बहुमतको दम्भ गरेर संविधान संशोधन गर्न नहुने बताए।

सांसद कोइरालाले संविधानमा भएका कमी, कमजोरीलाई सुधार गरेर लैजान नेपाली कांग्रेसले भूमिका खेल्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .