समाचार संस्था पीटीआइका अनुसार अरविन्द केजरीवाल सरकारले शुक्रबार मुद्दा चलाउन मन्जुरी दिएको हो।
सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरु विश्वविद्यालयमा कन्हैया कुमारले भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो।
यस विषयमा प्रहरीले कन्हैया कुमार, उमर खालिद र अन्य सातजनालाई अभियुक्त बनाउँदै राजद्रोहको आरोपमा मद्दा दर्ता गरेको थियो।
मुद्दा दर्ता भएपनि दिल्ली सरकारले हालसम्म मुद्दा चलाउन मन्जुरी नदिएका कारण उक्त विषयमा बहस भएको थिएन। तर शुक्रबार दिल्ली सरकारले उक्त मुद्दा चलाउन मन्जुरी दिएसँगै अब यो विषय अदालतमा अगाडि बढ्ने भएको छ।
भारतका नागरिकको दबाबपछि यो मुद्दा अगाडि बढाउन आफूहरु बाध्य भएको मानव संसाधन विकासमन्त्री प्रकाश जावेडकरले ट्वीटमार्फत् बताएका छन्।
सन् २०१६ को उक्त घटनापछि हालका दिल्लीका मुख्यमन्त्री केजरीवालले कन्हैयाले शानदार भाषण दिएको भनेर ट्वीट गरेका थिए।
त्यसपछि नै कन्हैया कुमार राजद्रोहको अरोपमा पक्राउ परेका थिए। एजेन्सी
— Arvind Kejriwal (@ArvindKejriwal) March 3, 2016What a brilliant speech by Kanhaiya...
प्रतिक्रिया