ad ad

राजनीति


ओली र देउवा पश्चगमनतर्फ लागे, जनताले स्वीकार्दैनन् : वर्षमान पुन

ओली र देउवा पश्चगमनतर्फ लागे, जनताले स्वीकार्दैनन् : वर्षमान पुन

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८१ शुक्रबार १८:२२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निरंकुशता र पश्चगमनतर्फ जाने प्रत्यत्न गरिरहेको टिप्पणी गरेका छन्। 

शुक्रबार प्रतिपक्षी दलहरूबीच सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले अहिलेको सरकारबारे जनताले विभिन्न कोणबाट चिन्ता प्रकट गरिरहेको पनि बताए। 

‘जनताको आवाज र प्रतिनिधित्व गर्ने कुरा हो। कहिलेकाहीँ पार्टीहरू सानो वा ठूलो हुनसक्छ। विचार, प्रवृत्ति र एजेन्डाहरू ठूलो सानो हुँदैन,’ पुनले भने, ‘उहाँहरू (ओली–देउवा) जसरी आत्तिएर हत्तपत्त निरंकुशतातर्फ जाने, पश्चगमनतर्फ जाने प्रयत्न गर्नुभएको छ, त्यो जनताले स्वीकार्दैन।’

जनतामा देखिएको चिन्ताको प्रतिनिधित्व माओवादी केन्द्र लगायतका दलहरूले गर्ने उनले बताए। 

‘जनताले विभिन्न चिन्ता व्यक्त गरिरहेका छन्। अहिलेको सरकार असंसदीय भयो भन्ने चिन्तालाई हामी प्रतिनिधित्व गर्छौँ,’ उनले भने। 

आफ्नो विचार र राजनीतिलाई संसद्मा सशक्त रुपमा उठाउने पनि पुनले बताए। ‘हामी जनताको आवाज कमजोर हुन दिँदैन। संसद्मा आवाज पुग्दैन कि भन्ने कुरामा चिन्ता नलिन आग्रह गर्दछु,’ उनले भने।

‘हाम्रो आफ्नो विचार र राजनीतिलाई संसद्मा सशक्त रुपमा उठाउँछौँ। हामी एजेन्डा र शक्तिका हिसाबले सशक्त छौँ। छिमेकी देशमा पनि देख्छौँ, १० प्रतिशत पनि नपुगेका पार्टीहरू कमब्याक गरेका छन्, लोकतन्त्रको रक्षा गरेका छन्। हामी त्यहाँ भन्दा सशक्त छौँ, संख्या र नेतृत्व दुवै हिसाबले,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .