ad ad

समाज


भारतको नहरमा भेटियो त्रिशूलीमा बेपत्ता बसका अर्को यात्रुको शव

भारतको नहरमा भेटियो त्रिशूलीमा बेपत्ता बसका अर्को यात्रुको शव

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८१ शुक्रबार १८:३२, काठमाडौँ

गत असार २८ गते शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएका शवहरू धमाधम भारतका नहरहरूमा भेटिन थालेका छन्। 

सशस्त्र प्रहरी बल (एपीएफ) का सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार,  बिहीबार र शुक्रबार भारतका नहरमा तीनवटा शव भेटिएका छन्। 

भारतको चम्पारण बगाहस्थित नहरमा बिहीबार राति साढे ९ बजेको समयमा २ वटा शव फेला परेको थियो। 

बीओपी, त्रिवेणी, नेपाल प्रहरी र स्थानीय प्रतिनिधिहरूको टोली पुगेर एउटा शव ल्याएको थियो। जसमध्ये एउटा शवको पहिचान खुलेको थियो भने अर्को बाँकी छ। 

शुक्रबार (साउन ४) गते अपरान्ह ५ बजेर २० मिनेटमा पुनः सोही नहरमा अर्को शव फेला परेको सहप्रवक्ता थापाले नेपालखबरलाई जानकारी दिए। 

उक्त शवको पहिचान खुलिसकेको छैन। 

यो सँगै दुर्घटनामा अहिलेसम्म २५ वटा शव फेला परेको छ। हराएका ६२ मध्ये अझै ३७ वटा शव फेला पर्न बाँकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .