ad ad

राजनीति


चिनियाँ प्रधानमन्त्रीले ओलीलाई दिए बधाई

चिनियाँ प्रधानमन्त्रीले ओलीलाई दिए बधाई

नेपालखबर
साउन २, २०८१ बुधबार २३:१९, काठमाडौँ

चिनियाँ प्रधानमन्त्री ली चियाङले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन्। 

प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत एक सन्देश पठाउँदै ओलीलाई नेपालको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकामा आफ्नो व्यक्तिगत र चीन सरकारको तर्फबाट बधाई ज्ञापन गरेका हुन्।

उनले यस क्रममा बेल्ट एन्ड रोड (बीआरआई) मा सहकार्यको प्रसंग पनि सम्झाएका छन्। 

दुई देशबीच समझदारी भइसकेको बीआरआईसहित नयाँ रणनीतिक सहकार्य विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको पनि लीले बताएका छन्। 

चीनका प्रधानमन्त्री लीले सन्देशमा दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन गर्न र चीन–नेपाल उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य र अन्य क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा विकास र समृद्धिका लागि सधै मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न चाहेको कुरा उल्लेख गरेका छन्।

हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको लीको भनाइ छ।

नेपालस्थित चिनियाँ राजदूत छन सोङले बुधबार नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेर बधाई सन्देश दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .