ad ad

राजनीति


संविधान संशोधनको कामलाई तत्काल अघि बढाउँछौँ : कानुनमन्त्री चौरसिया

संविधान संशोधनको कामलाई तत्काल अघि बढाउँछौँ : कानुनमन्त्री चौरसिया

नेपालखबर
साउन १, २०८१ मंगलबार १६:१०, काठमाडौँ

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताएका छन्।

मंगलबार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री चौरसियाले सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरूको दायित्व भएको बताए। 

विगत ८/१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि कानुनमन्त्री चौरसियाले बताए। 

संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने उनले बताए।

‘संविधानमा भएका कमीकमजोरीहरू, ८/१० वर्षमा संविधानमा देखिएका खाडलहरू पुर्ने काम हाम्रो जिम्मेवारी हो। त्यो समावेशी चरित्र अनुसार आवश्यक परे अहिले नयाँ सरकार बनेपछि सहमती पनि भएको छ–संविधानमा जहाँजहाँ समस्या भएको छ,’ उनले भने, ‘त्यो खाडलहरूलाई व्यवस्थित गरेर पुर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ हामी अगाडि बढ्छौँ। यहाँहरूको कुनै अप्ठ्यारो भए त्यो फुकाउने काम कानुनमन्त्रीको नाताले मैले गर्छु। हाम्रो सदा सहयोग रहन्छ न्यायपालिकालाई।’

मन्त्री चौरसियाले न्याय क्षेत्रमा देखिएका अप्ठ्यारा हटाउनका लागि कानूनीमा देखिएको समस्या तत्काल हल गर्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .