ad ad

राजनीति


गृहमा रमेशको पहिलो पाइला (तस्बिरहरू)

गृहमा रमेशको पहिलो पाइला (तस्बिरहरू)

सरोज बैजु
असार ३१, २०८१ सोमबार १६:२१, काठमाडौँ

नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहणपछि बोल्दै गृहमन्त्री लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नु भएको बताएका छन्। लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नु भएको पनि बताए। 

यसअघि गृह मन्त्रालयमा रास्वपा सभापति रवि लामिछाने थिए। उनले मन्त्रालयको जिम्मेवारी छाड्दै आफ्नो नजर सधैँ यही मन्त्रालयमा रहिरहने बताएका छन्। 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण गर्ने लगायतका कामहरु अहिले सरकारको प्राथमिकता हुन् र त्यो उद्देश्यका साथ यो सरकार गठन भएको गृहमन्त्री लेखकले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .