ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले खुमलटार बोलाएर भेटे ३ वटै सुरक्षा निकायका प्रमुख

प्रधानमन्त्री प्रचण्डले खुमलटार बोलाएर भेटे ३ वटै सुरक्षा निकायका प्रमुख

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८१ आइतबार १३:१५, काठमाडौँ

कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान तीनवटै सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन्।

साथै प्रधानमन्त्री प्रचण्डले सबै उपायहरूको अवलम्बन गरी बेपत्ताको खोजी कार्यलाई अझै तीव्रता दिन पनि निर्देशन दिएका छन्। 

भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रचण्डले देशको राजनैतिक परिस्थिति जे जस्तो भए तापनि स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अविच्छिन्नरूपमा जनताको सेवामा लागि पर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .