ad ad

राजनीति


यी दुई आधारमा मन्त्री छान्ने कांग्रेसको निर्णय

यी दुई आधारमा मन्त्री छान्ने कांग्रेसको निर्णय

नेपालखबर
असार २९, २०८१ शनिबार १५:५६, काठमाडौँ

नेपाली कांग्रेसले नयाँ बन्ने सरकारमा सहभागी गराइने मन्त्री चयन प्रक्रियाका लागि दुईवटा आधार तय गरेको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय पार्टीले गरेको छ। 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय बैठकले गरेको छ।’

त्यस्तै, बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ। 

‘राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमति भए अनुसार, नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको विधान १७ संशोधनसहितको धारा २२ को उपधारा ११ बमोजिम सहभागी हुने निर्णय बैठकले गरेको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .