ad ad

राजनीति


परराष्ट्रसचिव लम्साल र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेट

परराष्ट्रसचिव लम्साल र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेट

नेपालखबर
असार २९, २०८१ शनिबार ०:१५, काठमाडौँ

परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

शुक्रबार उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन नेपालबाट लम्साल दिल्ली गएकी थिइन्। बिहीबार सुरू भएको उक्त दुई दिने कार्यक्रमकै दौरान बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्तरूपमा शिष्टाचार भेट गरेका हुन्।

त्यस क्रममा लम्सालले पनि भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेकी हुन्। शुक्रबार बिहान प्रधानमन्त्री कार्यालयमा भएको भेटपछि मोदीले फोटो सार्वजनिक गरी खुसी व्यक्त गरेका छन्। 

नेपालबाट सरकार फेरबदलको क्रममा रहेकाले परराष्ट्रमन्त्रीको सट्टा सचिव लम्साल गएकी हुन्।

बिहीबार लम्सालले भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।

गत बुधबार भारत प्रस्थान गरेकी उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .