ad ad

राजनीति


नयाँ दिल्लीमा परराष्ट्र सचिव लम्साल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्लीमा परराष्ट्र सचिव लम्साल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नेपालखबर
असार २७, २०८१ बिहिबार २२:३३, काठमाडौँ

परराष्ट्र सचिव सेवा लम्साल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरूबीच दोस्रो बिमस्टेक मन्त्रीहरूको रिट्रीटमा सहभागी हुने क्रममा नयाँ दिल्लीमा भेटवार्ता भएको हो। 

बिमस्टेक रिट्रीट साइडलाइनमा लम्सालसँगको तस्बिरमा विदेशमन्त्री जशंकरले खुसी व्यक्त गरेका छन्। बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास क्षेत्रीय संगठन हो।

उक्त संगठनको दोस्रो बिमस्टेक विदेशीमन्त्रीहरूको रिट्रीटमा सहभागी भएकी लम्सालले पनि धन्यवाद दिएकी छिन्। 

भेटवार्तामा दुई देशबीच सहयोग विकास गर्नेबारे छलफल भएको जयशंकरले बताएका छन्।

 

सचिव लम्साल बुधबार दिल्ली गएकी थिइन्। उक्त कार्यक्रममा परराष्टमन्त्री नारायणकाजी श्रेष्ठलाई निम्तो थियो। 

तर, सत्ता समीकरणमा आएको परिवर्तनपछि लम्साललाई दिल्ली पठाइएको हो। 

उक्त मन्त्रीस्तरीय रिट्रिट कार्यक्रम नयाँ दिल्लीमा शुक्रबार पनि हुँदैछ ।

रिट्रिटमा सहभागी सबै मुलुकबाट गएका टोली नेताहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

सचिव लम्साल शनिबार नेपाल फर्कने कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .