ad ad

राजनीति


राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

नेपालखबर
असार २७, २०८१ बिहिबार १७:२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो। बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको बताए।

उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्रीले अराजक गतिविधि गरेको भन्दै देशलाई अहिलेको अवस्थामा पुर्‍याउने काम स्वयं वर्तमान प्रधानमन्त्रीले गरेका आरोप लगाए।

लाखौँ युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरिव देश बनाउने मुख्य पात्र वर्तमान प्रधानमन्त्री भएको उनको जिकिर छ।

उनले सरकामा पार्टी जाने वा नजाने भन्नेबारे संविधान संशोधनका लागि हुने सहमतिहरूले भर पर्ने र अहिले नै निर्णय नभइसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .