राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित मुकुल ढकालले पार्टीका उपाध्यक्ष डीपी अर्यालमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले रास्वपाभित्र ठूला आर्थिक अपारदर्शिता रहेको दाबी गरे।
कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधान रहेको भन्दै आफूले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गर्ने गरेको ढकालको आरोप छ ।
ढकालले भने, ‘डीपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ। दुई साताअघि पनि त्यस्तो भएको छ।’
उनले पार्टीसँग रसिदबिना कारोबार नगर्न अनुरोध गरेका छन्।
उनले भने, ‘आर्थिक हिसाबकिताब पारदर्शी हुनुपर्छ। को व्यक्तिले कति पैसा दियो? सामान किनबेचबाट कति प्राप्त भयो क्लियर हुनुपर्छ।’
87
Shares
प्रतिक्रिया