ad ad

राजनीति


एमालेले माग्यो बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

एमालेले माग्यो बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

नेपालखबर
असार २५, २०८१ मंगलबार १६:२७, काठमाडौँ

नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा माग गरेका छन्। एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा माग गरेका हुन्।

मंगलबार एक विज्ञप्ती जारी गर्दै नेता थपलियाले राजीनमा दिएर नयाँ सरकार गठनको लागि बाटो खुुल्ला गरिदिन आग्रह गरेका हुन्। यस्तै, मुख्यमन्त्रीको वर्तमान हैसियत कामचलाउ मात्रै भएको भन्दै दूरगामी निर्णय नगर्न समेत सचेत गराएका छन्।  

‘कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको छ। मुख्यमन्त्रीलाई यथाशीघ्र राजिनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गर्दर्छौं,’ विज्ञप्तीमा उल्लेख छ। 

एमालेले बागमती प्रदेशमा स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन क्रियाशील रहेको भन्दै माओवादी नेतृत्वको सरकारले राजीनामा दिएर सरकार अब बन्ने एमाले–कांग्रेसको गठबन्धन सरकारलाई सघाउनु उचित हुने बताएको छ।

यस्तै, विज्ञप्तीमार्फत प्रदेशले दुरगामी महत्त्व राख्ने निर्णयहरू नगर्न समेत एमालेले बागमती प्रदेश सरकारलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .