ad ad

राजनीति


सहकारीको विषय चानचुने होइन : अध्यक्ष केसी (भिडिओ)

सहकारीको विषय चानचुने होइन : अध्यक्ष केसी (भिडिओ)

नेपालखबर
असार २२, २०८१ शनिबार २०:७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको विषयलाई सामान्य रुपमा लिन नहुने बताएका छन्। 

आइतबार पार्टीले आयोजना गरुेको सहकारी रकम अपलचन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गठबन्धनहरू फेरि रहे पनि सबै राजनीतिक दल र सरकारमा जाने नेतृत्वले सहकारीमा रकम हिनामिना गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने जिकिर गरे। 

सहकारीमा सीमित व्यक्तिहरूले ठूलो रकम हिनामिना गरेको उल्लेख गर्दै केसीले नागरिकले आधा पेट खाएर जम्मा गरेको रकम फिर्ता गराउनुपर्ने पनि बताए।

‘गठबन्धनहरू फेरिरहेका छन्। तर पनि हाम्रो पार्टीले भनेको जस्तो देश महिनामै राष्ट्रिय जनमार्चाले यो सहकारीको रकम जुन ठूलो मात्रामा हिनामिना भएको छ। लाखौँ नेपालीको विचल्ली भएको छ,’ केसीले भने, ‘यो चानचुने विषय होइन। जनताले नै दबाब नदिइकन नेपाली जनताले खाइ नखाइ जोगाएको पैसा केही सिमित टाठाबाठाहरुले हिनामिना गरेका छन्। म सहकारी मन्त्री हुँदा सहकारीको बारेमा राम्रो थाहा थिएन। मलाई सहकारीको बारेमा मन्त्री बनेपछि धेरै कुरा थाहा भयो। यो चानचुने विषय होइन। यसमा राजनीतिक दलहरूले पनि दबाब दिनुपर्छ।’

अध्यक्ष केसीले पुँजीवादी आर्थिक प्रणालीले अंगीकार गरेको सहकारी पद्धतिलाई राष्ट्रिय जनमोर्चाले स्वीकार गर्ने पनि जिकिर गरे। 

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .