राजनीति


केही दिनमै किड्नी फेर्छु, त्यसपछि १५ वर्ष मलाई केही हुँदैन : प्रधानमन्त्री ओली

केही दिनमै किड्नी फेर्छु, त्यसपछि १५ वर्ष मलाई केही हुँदैन : प्रधानमन्त्री ओली

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ११:३२,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति चिन्ता नलिन आग्रह गरेका छन्। उनले केही दिनमै मिर्गौला प्रत्यारोपण गरेर काम फर्किने बताए।

‘अब म केही दिनभित्र किड्नी फेर्छु तपाईंहरु ढुक्क भए हुन्छ,’ प्रदेशस्तरीय पार्टी प्रशिक्षणमा ओलीले भने, ‘चार दिन आराम गर्छु। छैठौँ दिनदेखि काम गर्छु।’

उनले आफूलाई बिरामी हुँदा पनि काम गर्ने बानी लागेको र अझै १५ वर्ष केही नहुने पनि बताए।

‘मलाई १५ वर्ष केही हुँदैन,’ ओलीले भने, ‘मान्छे मलाई बिरामी भन्छन् अहिले पनि म १८ घण्टा काम गरिरहेको छु। बिरामी हुँदा पनि काम गर्ने बानी परेको छ।’

उनले पछिल्लो समय देखिएको विवादले पार्टी फुटाउन नसक्ने पनि दाबी गरे।

‘पार्टी भुलचुकले यहाँ आइपुगेको त होइन। कसैले बनाइदिएर यहाँ आएको होइन, यसलाई विघटन हुने दिइने छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad