ad ad

राजनीति


‘ब्ल्याकमेलिङ’को राजनीतिक नगर्न रविलाई का‌ग्रेस सांसद बस्नेतको चेतावनी

‘ब्ल्याकमेलिङ’को राजनीतिक नगर्न रविलाई का‌ग्रेस सांसद बस्नेतको चेतावनी

नेपालखबर
असार १९, २०८१ बुधबार १६:४५, काठमाडौँ

नेपाली क‌ांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन्।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभइ फाइल भए खोल्न आग्रह गरे। उनले ब्ल्याकमेलिङको राजनीतिक चेतावनी दिए।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ। खोलौँ न सबै फाइल खोलौँ। तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ। फाइल खोल्ने धम्की नदिऔँ। ब्ल्याकमेलिङको राजनीतिक नगरौँ। कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन्।’

सांसद बस्नेतले नेपाली कांग्रेस सरकारमा जान आतुर रहेकाले चाँडो चाँडो भन्दा निकास सरकारलाई दिन आग्रह गरे। उनले दुई धोका खाएका नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको दाबी गरे।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .