ad ad

राजनीति


एकीकृत समाजवादीको दसौँ महाधिवेशन : आजदेखि बन्द सत्र

एकीकृत समाजवादीको दसौँ महाधिवेशन : आजदेखि बन्द सत्र

नेपालखबर
असार १७, २०८१ सोमबार १०:२५, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) को दसौँ महाधिवेशनअन्तर्गत आज (सोमबार) देखि बन्दसत्र सुरु हुँदैछ। 

कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा आजदेखि बन्द सत्र शुरू हुने एकीकृत समाजवादीले जनाएको छ। महाधिवेशन यही असार २० गतेसम्म चल्ने छ।

बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश हुने पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन्। महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्।  

महाधिवेशनबाट पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  हुने पन्तले बताइन्।

एकीकृत समाजवादीमा केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ। पार्टीको ८९ औँ सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको थियो।

महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि सहभागी छन्। 

करिब तीन वर्षअघि एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले यो महाधिवेशनलाई दशौँ भनेको छ। हालसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानिएको सो पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .