ad ad

राजनीति


म अस्थिर हुँ, पोखरीमा जमेको पानीजसरी बसेर मार्क्सवाद आउँदैन : प्रचण्ड

म अस्थिर हुँ, पोखरीमा जमेको पानीजसरी बसेर मार्क्सवाद आउँदैन : प्रचण्ड

नेपालखबर
असार १६, २०८१ आइतबार १६:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियानमा यहाँसम्म आइनपुग्न नसकिने दाबी गरेका छन्। 

आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘समृद्धिको नयाँ अभियान चलेको छ, प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो। इन्भर्टेड कमाको अस्थिर है फेरि साँच्चै अस्थिर ठान्नुहोला,’ उनले भने, ‘अस्थिर नभएको भए शान्ति प्रक्रिया पनि हुँदैन थियो। अस्थिर नभएको भए यो प्रक्रियामा हामी आइपुग्ने पनि थिएनौँ।’

उनले एकै  ठाउँमा बसिरहनु मार्क्सवाद नभएको भन्दै त्यसले परिवर्तन नगराउने बताए। 

‘गतिशिलता भनेको के हो, हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ भनेको के हो? किलोजस्तो एक ठाउँमा ठोकिएर बसिरहनु मार्क्सवाद हो कि, जमेको पानीको पोखरीजस्तोगरी बस्नु मार्क्सवाद हो कि, गडगडाउँदो नदीजस्तो भएर हुर्रिने मार्क्सवाद हो?,’ उनले भने, ‘माक्सवार्द जमेको पोखरीजस्तो होइन। भनेपछि भन्यो भन्यो होइन। ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थिति अनुसार निष्कर्ष निकाल्नु माक्सर्वाद हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .