बाराको जितपुर सिमरा उपमहानगरपालिकामा वडाध्यक्षहरूनै झडपमा उत्रिएपछि नगरसभा बैठक स्थगित भएको छ। सोमबार (असार १०) गते देशभरका स्थानीय तहहरूले बजेट ल्याउँदै छन्।
यसैबीच जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष विरोधमा उत्रिएका हुन्।
नेकपा एमाले र कांग्रेसबाट निर्वाचित केही वडाध्यक्षहरू आइतबार बिहानैदेखि विरोधमा प्रदर्शमा उत्रिएका थिए। दिउँसो नगर प्रमुख राजन पौडेलले बैठक सुरु गर्नासाथ उनीहरू तोडफोड समेत गरेका हुन्।
वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत तोडफोडमा उत्रिएको भिडिओमा देखिन्छ।
वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ।
255
Shares
प्रतिक्रिया