ad ad

राजनीति


योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैन : ओली

योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैन : ओली

फाइल फोटो


नेपालखबर
असार ७, २०८१ शुक्रबार १५:३५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सिमित गर्नु नहुने बताएका छन्।

शुक्रवार १० औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले योग नेपाल भूमिबाट नै शुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भुगोल र राजनीतिक विचार धारामा सिमित नहुने बताए।

योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ।

योग मानव समाजव्यापी हुन जरुरी रहेको ओलीले बताए।

उनले भने, ‘योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सिमित छैन। यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ। एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले शुरु भएको थियो। बीचमा अलि ओझेल पर्दै गयो। अहिले योग भ्रान्तिहरुबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्ण रुपमा समर्पित, व्यापक र विस्तृत हुन जरुरी छ।’

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए।

योग भनेको अनुशासित र पवित्र जीवन रहेको भन्दै उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .