ad ad

राजनीति


प्रचण्डसँग भेटपछि ओली– यो सरकारलाई चुनावसम्म सुदृढ ढंगले लाने, चुनावपछि पनि कायम राख्ने

प्रचण्डसँग भेटपछि ओली– यो सरकारलाई चुनावसम्म सुदृढ ढंगले लाने, चुनावपछि पनि कायम राख्ने

नेपालखबर
असार ६, २०८१ बिहिबार २१:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलका प्रमुख तीन नेतासँगको छलफलमा यो सरकारलाई सदृढ ढंगले लानेबारे कुरा भएको बताएका छन्।

सिंहदरबारमा आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित बसेको बैठकमा सरकारलाई सुदृढ ढंगले लाने विषयमा कुरा भएको बताएका हुन्।

बैठकबाट बाहिरिने क्रममा पत्रकारका जिज्ञासामा ओलीले भने भने, ‘यो सरकारलाई सुदृढ ढंगले चुनावसम्म लाने र चुनावपछि पनि यसैलाई कायम राख्ने विषयमा छलफल भयो।’

बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच लामो कुराकानी भएको थियो। 

केही दिनयता सत्ता गठबन्धनका नेताहरूबीच आलोचना र छेडखानी चलिरहेका बेला यो बैठक भएको थियो। बैठकमा राजदूतको भागबण्डाका अलावामा नेताहरूबीच देखिएको मनोमालिन्यका विषयमा पनि छलफल भएको नेताहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .