ad ad

राजनीति


मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छु : प्रधानमन्त्री प्रचण्ड

मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छु : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
असार ६, २०८१ बिहिबार १२:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएक छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो जानकारी गराएका हुन्। 

भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन उनी गत जेठ २७ र २८  गने भारत भ्रमणमा गएका थिए। 

सो भेटका क्रममा उनले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताए। 

‘मैले प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु, उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ,’ उनले भने। 

साथै, उनले यसपटकको आफ्नो भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्नका लागि नभएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .