ad ad

राजनीति


सहकारी छानबिन संसदीय विशेष समितिले तय गर्‍यो कार्यविधि

सहकारी छानबिन संसदीय विशेष समितिले तय गर्‍यो कार्यविधि

नेपालखबर
असार २, २०८१ आइतबार १७:५१, काठमाडौँ

सहकारीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले सहकारी घोटालाका तथ्य र सूचना संकलनका लागि कार्यविधि तय गरेको छ।

नयाँ बानेश्वरमा आइतबार बसेको समितिको बैठकले कार्यविधिअनुसार कार्यविधि तय गरेको जनाएको छ।

समितिका सभापति सूर्य थापाका अनुसार, पहिलो चरणमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायतबाट तथ्य संकलन गर्नेछ।

‘आज समितिको कार्यविधि सर्वसम्मतिले पारित भएको छ। हामीले मस्यौदा कार्यविधिमा छलफल गरेर त्यसलाई प्राप्त विभिन्न खालको सुझावलाई समेटनेगरी पारित गरेका छौँ,’ थापाले भने, ‘हामीले विभिन्न छानविन समिति, जाँचबुझ आयोगलगायतले विगतमा अध्ययन गरेका प्रतिवेदनहरु उपलब्ध गराउन सम्बन्धित निकायलाई दोस्रो बैठकबाटै पत्राचार गरेका थियौँ। त्यसमध्ये धेरै अधिक संख्याका प्रतिवेदनहरू प्राप्त भएका छन्।’

त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग छलफल पनि गरिनेछ। 

सहकारीको बचत अपचलन र दुरुपयोगको बारेमा जानकारी लिने र त्यस आधारमा अरू तथ्य संकलन गरी कार्यविधिअनुसार छानबिन अघि बढाउने थापाले बताए।

सहकारी छानविन सम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरू महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको हो। 

संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरू लिने कामहरु पनि गर्ने गरी कार्यसूचि पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .