ad ad

राजनीति


विप्लवको टिप्पणी–सरकारमै बसेकाहरु बजेटको निराशापूर्ण आलोचना गर्छन्

विप्लवको टिप्पणी–सरकारमै बसेकाहरु बजेटको निराशापूर्ण आलोचना गर्छन्

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’


नेपालखबर
असार १, २०८१ शनिबार १६:११, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहेका नेता र मन्त्रीहरु नै बजेटबारे निराशापूर्ण आलोचना गर्ने गरेको भन्दै त्यसले नागरिकमा पनि आशा नजगाउने बताएका छन्।

शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवादमा बोल्दै उनले यस्तो टिप्प्णी गरेका हुन्।

‘सरकारमै बसीरहेका पार्टीहरु, नेताहरु र मन्त्रीहरु पनि बजेटको आलोचना गरिरहेका छन्,’ उनले भने, ‘आलोचना पनि निराशापूर्ण छ। अल्मल्लिएको छ। हरेक वर्ष तपाई, हामीले कस्तो सुन्नुपर्ने परिस्थिति छ भने आशा भन्दापनि आलोचना र निराशा यस्तो बढी प्रवाह छ, नेपालमा।’ 

सरकारमै बसेका नेता, मन्त्रीहरुले बजेटलाई हावादारी भन्ने गरेको भन्दै उनले यसबाट नागरिकले के आशा राख्ने भनि प्रश्न समेत गरे।

‘बजेटमाथि यति ठुलो आक्रमण छ कि अहिले यसले केही पनि गर्दैन भन्दाभन्दै बेकारको, वाहीयात, हावादारी भन्नेसम्म गइसक्यो,’ उनले भने, ‘सरकारमै बसेका नेताहरु, मन्त्री भएकै मान्छेहरुले यो बजेटको काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा ?’

उनले बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्नेखालको नदेखिएको समेत टिप्प्णी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .