ad ad

राजनीति


स्वास्थ्यमन्त्री यादवलाई भेटेर के सुझाव दिए पूर्वस्वास्थ्यमन्त्री थापाले?

स्वास्थ्यमन्त्री यादवलाई भेटेर के सुझाव दिए पूर्वस्वास्थ्यमन्त्री थापाले?

नेपालखबर
जेठ २८, २०८१ सोमबार २१:२२, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र पूर्व स्वास्थ्य मन्त्री गगन थापाबीच भेट भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार दिउसो भएको भेटका क्रममा मन्त्री यादव र पूर्व मन्त्री थापाबीच स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको छ।

स्वास्थ्य मन्त्री यादवको सचिवालयले दिएको जानकारी अनुसार छलफलमा पूर्वमन्त्री थापाले मन्त्रालय चलाउँदाको अनुभव सुनाउँदै सुधार तथा प्राथमिकता दिनुपर्ने विषयका बारेमा जानकारी दिएका थिए। 

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका पूर्व स्वास्थ्य मन्त्री थापाले विशेषगरी स्वास्थ्य बीमा कार्यक्रमको सुधार, जनशक्ति व्यवस्थापन र थप, स्वास्थ्य सेवा प्रवाह र गुणस्तरलगायतका विषयमा बढी नै चासो दिएर छलफल गरेको मन्त्री यादवको सचिवालयले जानकारी दिएको छ।

‘समग्र स्वास्थ्य क्षेत्रको सुधारसहित समसामयीक विषयमा छलफल भएको छ, धेरैजसो स्वास्थ्य बीमा, जनशक्ति र गुणस्तरका वियषमा छलफल केन्द्रित भयो’,मन्त्री यादवको सचिवालयले भन्यो। 

छलफलमा मन्त्री यादवले पूर्व स्वास्थ्य मन्त्री थापाको पालामा आएको स्वास्थ्य बीमा ऐन कार्यान्वयनका विषयमा देखिएको समस्या समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव माग गरेका थिए। पूर्व मन्त्री थापाले ऐन कार्यान्वयमा भएका धेरैजसो विषय सहजै र केही सरकारी प्रतिवद्धात अनुसार कार्यान्वयनमा जान सकिने  बताएका थिए।

यस्तै, छलफलमा पूर्व स्वास्थ्य मन्त्री थापाका पालामा भएका राम्रा र सुधारका कामलाई आफूले निरन्तरता दिँदै जाने प्रतिवद्धता पनि मन्त्री यादवले गरेको सचिवालयले जनाएको छ। 

पूर्व स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य सेवाको सुधार र विकासका लागि मन्त्रालयमा यसअघि भएका अध्ययन र प्रतिवेदनहरु त्यसै बसिरहेकाले ती प्रतिवेदनले दिएका सुझाव कार्यान्वय गर्दै जाँदा पनि थुप्रै सुधार ल्याउन सकिने जानकारी दिएका थिए। 

दुबैजना फेरि यस विषयमा छलफलमा बस्ने मन्त्री यादवको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .