ad ad

राजनीति


वीर अस्पतालमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु गर्न संसदीय समितिको निर्देशन

वीर अस्पतालमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु गर्न संसदीय समितिको निर्देशन

नेपालखबर
जेठ २८, २०८१ सोमबार १८:५३, काठमाडौँ

संसदीय समितिले वीर अस्पतालमा रहेको आईसीयू, सीसीयू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवार बसेको बैठकले विर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।

त्यस्तै देशका संघीय अस्पतालमा रहेको आई.सी.यू., सी.सी.यू अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय पनि समितिले गरेको छ। बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवम् सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए। 

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडी बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको नले बताए। 

सभापति थापाका अनुसार समितिले अपरेशन थिएटरहरुलाई २४ सैँ घण्टा व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ। 

त्यसैगरी समितिले वयलपाटा अस्पताल अछामको सञ्चालन तथा व्यवस्थापनमा कठिनाई भएको भन्दै यस आर्थिक वर्षमा विशेष अनुदानको व्यवस्था गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .