ad ad

राजनीति


माओवादीले भन्यो–फणिन्द्र देवकोटामाथि कारवाही प्रक्रिया अघि बढ्यो

माओवादीले भन्यो–फणिन्द्र देवकोटामाथि कारवाही प्रक्रिया अघि बढ्यो

नेपालखबर
जेठ २८, २०८१ सोमबार १८:२०, काठमाडौँ

दलको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारवाही प्रक्रिया थालेको छ। माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले दलको बैठक बसेर कारवाहीको निर्णय गर्ने जानकारी दिए।

‘दलले जारी गरेको ह्वीप उल्लंघन गरेकोले उहाँलाई कारवाही गर्ने प्रक्रिया अघि बढिसकेको छ,’ चुमानले नेपालखबरसँग भने, ‘आज सुरु भयो अब सबै प्रक्रिया पूरा गरेर हामी संसद सचिवालयलाई जानकारी गराउँछौंँ।’

सोमबार गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका थिए। माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप लगाएको थियो। 

तर, माओवादीको चुनाव चिन्ह लिएर गोरखा– २ (१) बाट प्रदेश सभा निर्वाचित देवकोटाले दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री पाण्डेलाई मत दिएका थिए। उनको निर्णायक मत पाएपछि पाण्डेले ६१ सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन जुटाएर विश्वासको मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .