ad ad

राजनीति


घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्न प्रभु साहको माग

घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्न प्रभु साहको माग

नेपालखबर
जेठ २६, २०८१ शनिबार १९:४७, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले घरेलु कामदारहरु असुरक्षित भइरहेको बताएका छन्। असुरक्षित एवं शोषित भइरहेका घरेलु कामदारहरूका लागि सरकारले तुरुन्त घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्नुपर्ने उनले बताए। 

आजपा निकटको आम ट्रेड युनियन फेडरेशन नेपालको आज काठमाडौँमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले घरेलु कामदारहरूको हकहित एवं अधिकार सहितको कानून निर्माण हुनुपर्ने बताए।

‘घरेलु कामदारहरु शोषित पीडित भएका छन्। उनीहरू असुरक्षित छन् । मालिकले काममा लगाउँदासम्म काम पाउने र मालिकले जुनबेला मन लाग्छ त्यही बेला उसलाई निकाल्न पाउने। घरेलु कामदारको पारिश्रमिक समेत थोरै हुने,’ शाहले अघि भने, ‘उनीह©लाई चाडपर्व आउँदा होस वा कुनै भईपरि विदा समेत नपाई मालिकको दबाबमा काम गरिराख्नुपर्ने हुन्छ।’ 

अध्यक्ष साहले अघि थपे, ‘नेपालमा अहिलेसम्म घरेलु कामदारका लागि कुनै कानून निर्माण भएको छैन्। म आउने दिनमा यस बारेमा संसदमा आवाज उठाउँछु । घरेलु कामदारका लागि कानून निर्माणको पहल गर्छु ।’ 

नेपालमा घरेलु कामदार सम्बन्धी कुनै कानून नभएकाले यहाँ घरेलु कामदारहरु मालिबाट पीडित भएको र काम अनुसारको पारिश्रमिक समेत नपाउँने सत्य कुरा सरकारलाई थाहा नहुनु दुर्भाग्य भएको उनले बताए। 

घरेलु कामदार सम्बन्धी केही देशमा कानून निर्माण भएकाले त्यहाँ घरेलु कामदारको अधिकार सुरक्षित रहेको र काम अनुसारको पारिश्रमिक समेत पाउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .