ad ad

राजनीति


माधव नेपालको दाबी–पुरानै गठबन्धनमा फर्काउन मधेसको मुख्यमन्त्री दिने प्रस्ताव आयो (भिडिओ)

माधव नेपालको दाबी–पुरानै गठबन्धनमा फर्काउन मधेसको मुख्यमन्त्री दिने प्रस्ताव आयो (भिडिओ)

केन्द्रमा एउटा र प्रदेशमा अर्को गठबन्धनमा बस्नु उचित नहुने अध्यक्ष नेपालले बताएका छन्


नेपालखबर
जेठ २६, २०८१ शनिबार १५:२९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई पुरानै गठबन्धनमा फर्काउन मधेसको मुख्यमन्त्री दिने प्रस्ताव आएको दाबी गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादी कोसी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

तर, केन्द्रमा एउटा र प्रदेशमा अर्को गठबन्धनमा बस्नु उचित नहुने ठानेर आफूहरूले त्यस्तो प्रस्ताव स्वीकार नगरेको उनको भनाइ छ।

‘मधेस प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो,’ नेपालको भनाइ थियो, ‘यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस्। हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो। बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ। केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौँ।’

परिस्थितिअनुसार केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष नेपालले भने, ‘त्यसैले हामीले सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .