ad ad

राजनीति


शान्ति प्रक्रियाको बाँकी काम चाँडो टुंग्याउनुपर्छ : सिटौला

शान्ति प्रक्रियाको बाँकी काम चाँडो टुंग्याउनुपर्छ : सिटौला

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १४:४८, काठमाडौँ

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताएका छन्।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरू अविलम्व टुंग्याउनुपर्ने बताएका हुन्। उनले तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय नपाएका भन्दै उनीहरुलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताए। 

‘सशस्त्र द्वन्दको दुईवटा मुल पाटो, एउटा राज्य छ। जसको सुरक्षा निकायको हातमा बन्दुक छ। त्यसका लागि तयार छ। अर्को विद्रोही माओवादी छ, उसको लडाकुको हातमा पनि बन्दुक छ। भिन्डन्त भयो त्यहाँ। तर दुईवटा बन्दुकको बीचमा परेका जो मानिसहरु छन्, चाहे माओवादीका लडाकुले सुराकीको शंकामा पक्रेर लगेका मान्छेको घटना होस्,’ उनले भने, ‘चाहे सेनाले यसले माओवादीलाई सहयोग ग¥यो है भनेर गाउँबाट पक्रेर लिएर गएको मान्छे होस्। यी विषयमा हामीले समयमै न्याय दिन सकेनौँ भने। विस्तृत शान्ति सम्झौताको एउटा मुल राजनीतिक पक्ष संविधानसभाबाट संविधान निर्माण गर्ने, अर्को द्वन्द्वपीडितहरुलाई न्याय दिने नै हो।’

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विवादको घेराबाट मुक्त हुन नसक्ने पनि बताए। उनले यस विषयलाई टुंग्याउन नसकेमा दलहरु बिचको विश्वास संकटग्रस्त बन्दै जाने बताए। शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरु पनि रचनात्मक सहयोग गर्न तयार रहेको उनले बताए।

‘पहिलो पाटो त हामीले पुरा ग¥यौँ संविधान जारी भयो। तर अर्को पाटो हामीले पूरा गर्न सकेनौँ भने, सरकारले यसलाई प्राथमिकतामा राख्नुभएन भने, समयमै पुरा गर्न सकेनौँ भने क्रोनिक हुँदै जाने भयो। सिंगो नेपालका राजनीतिक दलहरू विवादको घेराबाट मुक्त हुन नसक्ने भयौँ । राष्ट्रिय घेराबाट, अन्तर्राष्ट्रिय घेराबाट। यथार्थ हो,’ उनले भने, ‘त्यसकारण सरकारको ध्यान आकृष्ट गराउन चाहान्छु, यो विषयलाई मुल प्राथमिकताको आधारमा सरकारले यसलाई टुंग्याउनका लागि प्रयास गरोस्। यसमा प्रतिपक्षमा रहेका जतिपनि हामीहरु छौँ, रचनात्मक सहयोग गर्न चाहन्छौँ। गहिराईमा पुगेर, फेरिपनि नबल्झिने गरी यसलाई टुंग्याउनुपर्छ। यसले मुल प्राथमिकता पाएन भने राजनीतिक दलहरु बिचको विश्वास संकटग्रस्त बन्दै जान्छ। जसको सरकार बनेपनि दलहरु बिचको विश्वास बन्दैन। अविलम्ब यसलाई टुंग्याउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .