ad ad

राजनीति


मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

फाइल फोटो


नेपालखबर
जेठ २०, २०८१ आइतबार १५:४०, काठमाडौँ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका छन्।

आइतवार भक्तपुरमा भएको मातृ भाषामा पहिलो अन्तर्रास्ट्रिय पत्रकारिता सम्मेलन समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

मातृभाषाको संरक्षण र विकासमा सरकारका निकायहरुले आवश्यक ध्यान दिन जरुरी रहेको बताए।

उनले मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको उल्लेख गरे। उनले मातृभाषाबाट सञ्चालन भएका सञ्चारमाध्यमप्रति सम्मान प्रकट गर्दै उनले यो प्रकाशन वा प्रशारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पुगेको बताए।

उनले भने, ‘हामीले मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्नेछ। नेपाल सरकारको निकायहरुले पनि यसमा ध्यान दिन आवश्यक छ। मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले महत्व दिएर प्रोत्साहित गर्न आवश्यक छ। मातृभाषाबाट सञ्चालन भएका मिडियाहरुलाई म सम्मान गर्न चाहन्छु। यो प्रकाशन वा प्रशारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पुर्‍याउँछ।’

मन्त्री श्रेष्ठले आदिवासी जनजातिका हराउँदै गएका मौलिकताहरुलाई संगठित भएर काम गर्नुले लोपोन्मुख संस्कृतिको जगेर्ना हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .