ad ad

राजनीति


सांसद न्यौपानेको प्रश्न– हाफपाइन्ट र चप्पल लगाउनेले किन सिंहदरबार छिर्न नपाउने?

सांसद न्यौपानेको प्रश्न– हाफपाइन्ट र चप्पल लगाउनेले किन सिंहदरबार छिर्न नपाउने?

नेपालखबर
जेठ २०, २०८१ आइतबार १२:५१, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेकी छिन्। 

आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाएकी हुन्। 

‘विचरा जनताहरू हाफपाइन्ट लगाएर प्रवेश नपाउने सिंहदरबारको ढोकामा। चप्पल लगाएर हेर्न नपाउने संसद भवनमा। अत्यन्तै अप्ठ्यारो विषय हो। त्यसकारणले सभामुखमार्फत म प्रश्न पनि राख्न चाहन्छु सरकारलाई कारण के हो ? हाफपाइन्ट लगाएर भित्र जान नपाउने। हामी चाहीँ सबै ड्रेस लगाएर यहाँ आइरहेका छौँ। नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउँछ? बाहिरतिर पनि हेरौँ। संसद पस्दा हामीले कस्तो ड्रेस लगाएर पस्नुपर्छ भन्ने सभामुखबाट रुलिङ होस्। सर्वसाधारण जनतालाई के कारणले रोक्यो त्यसमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।

सांसदहरूले जुनसुकै प्रकारको पोशाक लगाएर पनि आउनसक्ने तर सर्वसाधारणको पोशाक हेरेर रोकिने गरेको भन्दै त्यसो गर्नु नहुने बताइन्। साथै, उनले सांसद र मन्त्रीहरुले कस्तो पोशाक लगाएर आउनुपर्ने हो भन्ने रुलिङ हुनुपर्ने पनि बताइन्।

‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कतिजना छौँ? हामी साडीमा आउँछौँ कि? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि? आफ्नो मातृ ड्रेस लगाएर आउँछौ कि? आज यो संसदमा कोही फ्रक लगाएर आउनुभएको छ। कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ,’ उनले भनिन्, ‘कोही जम्पर लगाएर आउनु भएको छ। हामीलाई चाहीँ सबै छुट? अनि जनतालाई चाहीँ त्यसमा बन्देज? नियम बनाउने हामी माननीयले चाहीँ जस्तो लगाएर यहाँ आएपनि भयो। नौरंगि फेसन लगाएर आएपनि हुन्छ हामीले चाहीँ केही गर्नु नपर्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .