ad ad

राजनीति


माधव नेपालले जानकारी दिएरै देउवा निवास जानुभएको हो : प्रचण्ड

माधव नेपालले जानकारी दिएरै देउवा निवास जानुभएको हो : प्रचण्ड

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १४:४८, काठमाडौँ

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विपक्षी दलको बैठकमा जाने कुरा आफूसँगकै सल्लाहमा भएको बताएका छन्। 

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले नेपाल सो बैठकमा गएकै कारण अहिलेको समीकरणमा कुनै समस्या नभएको पनि बताए। 

‘अहिलेको गठबन्धनमा समस्या छैन। समीकरणमा समस्या छैन। माधव नेपालजी जान्छु भन्नुभयो, जानकारी दिएरै जानुभएको हो,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले नेपालखबरसँग भने, ‘त्यो उहाँको स्वतन्त्रताको कुरा हो। जानकारी दिएर जानुभएको हो। जान्छु भनेपछि नजानोस् भन्ने कुरा पनि भएन। यसले हाम्रो समीकरणमै समस्या पर्ने कुरा होइन।’

गत बुधबार नेपाल बुढानीलकण्ठ पुगेसँग सत्ता समीकरणमा समेत समस्या आएको टिप्पणी हुन थालेको थियो। 

‘म यता आएको छु, के छ भनेर माधवजीले कल गर्नुभएको थियो,’ प्रधानमन्त्रीले बैठकमा भने, ‘नराम्रो नगर्नुस् राम्रोका लागि तपाईं जहाँ गएपनि के छ र?’

सो भेटघाट भएको भोलिपल्टै अध्यक्ष नेपाललाई प्रधानमन्त्री प्रचण्डले फोन समेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .