ad ad

राजनीति


बुढानीलकण्ठमा देउवालाई ‘ब्रिफिङ’ सकेर पुनः बालुवाटार जाँदै कांग्रेस नेताहरू

बुढानीलकण्ठमा देउवालाई ‘ब्रिफिङ’ सकेर पुनः बालुवाटार जाँदै कांग्रेस नेताहरू

नेपालखबर
जेठ १४, २०८१ सोमबार १७:०, काठमाडौँ

सहकारीको रकम अपचलनबारे छानबिनका लागि बनेको संसदीय समितिको टीओआरबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सत्तारुढ दलसँग भएको छलफलबारे नेपाली कांग्रेसका नेताहरूलाई पार्टी सभापतिलाई ब्रिफिङ गरेका छन्। 

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता र प्रतिपक्षीका नेताहरूबीच छलफल भएको थियो। 

सदनमा जारी गतिरोध अन्त्य गर्नेगरी नेताहरूबीच छलफल चलिरहेको छ। यद्यपि सहमति जुट्न सकेको छैन। 

बिहान भएको छलफलबारे कांग्रेस पार्टी सभापति देउवा, पूर्व पदाधिकारी र पदाधिकारीसमेत बसेर छलफल गरेका हुन्। 

‘प्रधानमन्त्रीसँग सहकारीकै सन्दर्भमा जुन छलफल भएको थियो, त्यसको सविस्तार पार्टीका सभापति लगायत पदाधिकारी र पूर्वपदाधिकारीलाई जानकारी गरायौँ,’ बैठकपछि सांसद् जीवन परियारले जानकारी दिए। 

उनका अनुसार, अहिले पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुनः छलफल हुँदैछ। जसका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा, नेता कृष्ण सिटौला, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक बालुवाटार जान लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .