ad ad

राजनीति


प्रधानमन्त्रीलाई मलमलको रेशमी पिँजडामा देख्दा दुःख लाग्छ : विश्वप्रकाश

‘के जीबी राईलाई प्रचण्डले भगाउनुभएको हो?’
प्रधानमन्त्रीलाई मलमलको रेशमी पिँजडामा देख्दा दुःख लाग्छ : विश्वप्रकाश

काठमाडौँमा आजबाट सुरु भएको सडक आन्दोलनलाई सम्बोधन गर्दै महामन्त्री शर्मा (तस्बिर : सरोज बैजु)


नेपालखबर
जेठ १३, २०८१ आइतबार १५:५२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्तित्व नदेख्दा आफूलाई दुःख लागेको बताएका छन्। 

आइतबार काठमाडौँको प्रदर्शनीमार्गमा आयोजित सडक आन्दोलनलाई सम्बोधन गर्दै सांसदसमेत रहेका शर्माले यस्तो बताएका हुन्। 

‘प्रधानमन्त्रीको अस्तित्व खोजिरहेको छु, यो सहकारी बन्धुको गठबन्धनमा प्रधानमन्त्रीको अस्तित्व नदेख्दा दुःख लाग्छ,’ उनले भने। 

साथै, उनले गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको भन्दै दिएको अभिव्यक्तिमाथि आपत्ति जनाए। 

‘के जीबी राईलाई प्रचण्डले भगाउनुभएको हो? जीबी राईलाई नारायणकाजीले भगाउनुभएको हो? कमरेड प्रचण्डलाई ०६४ सालपछि पहिलोपटक प्रधानमन्त्री बनेको प्रचण्ड भएको भए, गृहमन्त्रीजी कि आरोप पुष्टि गर्नुस् नत्र म बर्खास्त गर्छु भन्नुहुन्थ्यो,’ उनले भने। 

साथै, उनले ०६४ सालको प्रचण्ड अहिले नदेखिएको भन्दै दुःख व्यक्त गरे। 

‘के यी प्रचण्ड उनै दन्ते कथाका नायक प्रचण्ड नै हुन?,’ शर्माले अघि भने, ‘म यहाँलाई मलमलको रेशमी पिंँजडाभित्र अनुभूति गरिरहेको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .