ad ad

समाज


तुलालाई व्यवसायमा नोक्सानी, मकरको प्रेम सम्बन्ध कसिलो हुने, तपाईँको के? हेर्नुस् जेठ १४ को राशिफल

तुलालाई व्यवसायमा नोक्सानी, मकरको प्रेम सम्बन्ध कसिलो हुने, तपाईँको के? हेर्नुस् जेठ १४ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ १४, २०८१ सोमबार ४:४४, काठमाडौँ

आज सोमबार, १४ जेठ २०८१ (२७ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : कतै घुम्न जाने योजना बन्न सक्छ। सेयर बजारबाट लाभ हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ । सामूहिक तथा रमाइलो र सफल यात्रा हुनेछ। शुभकार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। यात्रा खासै फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगरेकै बेस।

वृष : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेमी र प्रेमिकाबीच खिन्नता बढ्नेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४३ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्ने। छलकपट नगर्ने।

मिथुन : लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको दिन छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ।  मिहिन ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। अधुरो वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। पुनर्मिलनको योग छ। शुभ र मङ्गल कार्यको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ पर्पल र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। झुट नबोल्ने।

सिंह : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। आफन्तको साथ-सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सजिलै अरूको विश्वास नगर्नु होला।

तुला : व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ। साँझमा कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पाइनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : मनोरञ्जनमा सहभागी भइएला। कार्यमा संलग्न भइनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। बोलीवचन एवं प्रवचन, भाषण आदिमा प्रशंसा मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : रमाइलो यात्राको योग छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, सेयर बजारमा ६९, वैदेशिक कार्यमा पनि ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर : विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ। आम्दानीमा कमी आउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४८, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।

कुम्भ : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। काम गर्दा होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ भने प्रेमीसँगको सम्बन्ध यथावत्‌ रहनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। निलो रङको प्रयोग नगर्ने।

मीन : दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। शुभ समाचार सुन्न पाइएला। वाणीमा कुशलता आउने दिन परेको छ। शुभ कार्यमा सरिक हुन सकिनेछ। प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .