ad ad

राजनीति


सांसदहरूको पर्खाइमा सभामुख

सांसदहरूको पर्खाइमा सभामुख

कार्यकक्षमा सांसदहरू पर्खिँदै सभामुख देवराज घिमिरे


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ११:४३, काठमाडौँ

सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा प्रतिनिधि सभाको बैठक सुरु गर्न ढिला भइरहेको छ। 

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक राख्ने तालिका भए पनि यतिबेला नयाँ बानेश्वरस्थित संसद् भवनमै रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। 

उता कानुन मन्त्रालयमा सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन कार्यदलको बैठक बसिरहेको छ। 

यी दुवै बैठक निष्कर्षमा नपुग्दासम्म प्रतिनिधि सभाको बैठक अगाडि बढाउन सभामुख देवराज घिमिरेलाई गाह्रो भइरहेको हो।

उनी आफ्नो कार्यकक्षमा दुवै बैठकको निर्णयको पर्खाइमा बसिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .