ad ad

राजनीति


एमालेले सहकारीको, रास्वपाले गिरीबन्धुको कुरा नउठाउने सहमति छ : गगन थापा

एमालेले सहकारीको, रास्वपाले गिरीबन्धुको कुरा नउठाउने सहमति छ : गगन थापा

नेपालखबर
जेठ ६, २०८१ आइतबार २०:२५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरीबन्धु टी स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन्।

आइतबार पत्रकार सम्मेलन गरी उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेलेसहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानविन गर्न गठित समितिमा आफू नरहने बताएको जिकिर पनि गरे।

सो विषयमा एमाले भएकाले गृहमन्त्री लामिछानेले आफूल सो समितिमा नरहने बताउनु भएको महामन्त्री थापाको जिकिर थियो। उनले गृहमन्त्रीलाई सहकारी प्रकरणमा एमालेले साथ दिने हुनाले धेरै चिन्ता नभएको पनि बताए।

महामन्त्री थापाले भने, ‘आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ। सबैमा समिति बनाए हुन्छ। अनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन। हो, तपाई बस्नु नै पर्दैन। तपाईको काम अव नेकपा एमालेले गरिदिन्छ। किनभने तपाईहरुको बीचमा एउटा राम्रो समझदारी बनेकै छ। नेकपा एमालेले सहकारी नउठाउने, तपाईहरुले गिरिबन्धु नउठाउने।’

महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानबिन गर्न आफूहरु तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .