ad ad

राजनीति


क्रमिक सुधार गर्ने कार्यक्रम आयो : स्वर्णिम वाग्ले

क्रमिक सुधार गर्ने कार्यक्रम आयो : स्वर्णिम वाग्ले

नेपालखबर
जेठ १, २०८१ मंगलबार १९:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरुका बीउहरु रोपेको बताएका छन्।

मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सिमित हुने कुरालाई ब्रेक गरेको बताए।

उनले कार्यक्रमले ठूला कुरा नगरौं र क्रमिक सुधारहरु (इङक्रिमेन्टल रिर्फम) हरु हरेक मन्त्रालयमा गरेर हेरौं भन्ने बीउ सबै मन्त्रालयमा राखेको बताए।

उनले नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको बताए। वाग्लेले विगत ३२ वर्षमा सबैभन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति रहेको बताए।

उनले भने,‘बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना देखिएको छ। विगत ३२ वर्षमा सबै भन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारयुक्ती हो। नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्ने जग बसालेको छ। नीति तथा कार्यक्रममा टेकेर बजेट आउँदैछ।’

उनले अर्थतन्त्र सुधार गर्ने जग बसालेकाले नीति तथा कार्यक्रममा टेकेर बजेट आउने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .