राजनीति


इलाम-२ अपडेट : २४ हजार ७३८ मत गनिसक्दा १९ उम्मेदवारमा कसले कति ल्याए? (सूची)

इलाम-२ अपडेट : २४ हजार ७३८ मत गनिसक्दा १९ उम्मेदवारमा कसले कति ल्याए? (सूची)

फाइल फाेटाे


नेपालखबर
बैशाख १७, २०८१ सोमबार १०:४८, काठमाडौँ

प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ। 

कूल खसेको ६९ हजार २ सय ८७ मतमध्ये यो खबर तयार पार्दासम्म २४ हजार ७ सय ३८ गनिसकिएको छ। अहिलेसम्म २ सय ६१ बदर भएका छन्। 

यहाँसम्म आइपुग्दा सबैभन्दा अगाडि एमाले उम्मेदवार सुहाङ नेम्बाङ छन्। उनले अहिलेसम्म १० हजार ३ मत ल्याएका छन्।  

यसपछि कांग्रेस उम्मेदवार डम्बर बहादुर खड्काले अहिलेसम्म ६ हजार ९ सय ४४ मत पाएका छन्। 

यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले अहिलेसम्म ५ हजार ५९१ मत प्राप्त गरेका छन्। 

यसपछि रास्वपा उम्मेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४४३ मत ल्याएका छन्। 

उनीहरूसहित इलाम २ मा जम्मा १९ उम्मेदवार छन्। 

हेराैँ कसले कति मत ल्याए अहिलेसम्म?

१. सूर्य - १०००३

२. रूख - ६९४४ 

३ .घण्टी - १४४३

४. हलो - ५०

५. लाउड स्पिकर - ५९

६. कलम - २५८

७. मादल - १२

८. कुखुराको भाले - २२९

९. तीर - १५

१०. गोरुगाडाको चक्का पाङ्ग्रो - ५७

११. उडिहरेको माहुरी - २

१२. षट्कोण - १७

१३. डोजर - २२

१४. मुढा - ५५९१

१५. महिला - ० 

१६. सिरिन्ज - १८

१७. माछा - ३

१८. कैँची - २

१९. जुँगासहितको अनुहार - १३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .