राजनीति


बझाङमा २ पालिकाको गणना सकियो, एमालेका भण्डारी ५ सय बढी मतले अघि

बझाङमा २ पालिकाको गणना सकियो, एमालेका भण्डारी ५ सय बढी मतले अघि

गोकुल जोशी
बैशाख १६, २०८१ आइतबार २२:३३, कञ्चनपुर

बझाङ-१ (१) को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार उनले ५ सय ६६ मतान्तरले अग्रता कायम राखेका छन्।

छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

अहिले जयपृथ्वी नगरपालिकाको मत गणना गर्न थालिएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, एमालेका भण्डारीले ३७४८ मतसहित अग्रता कायम राखेका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३१८२ मतसहित एमालेका भण्डारीलाई पछ्याइरहेका छन्।

माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा २००६ मतसहित तेस्रो स्थानमा छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ११४० मत ल्याएका छन्। 

बझाङ १ (१) मा जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, मष्टा गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका र खप्तडछान्ना गाउँपालिका तथा थलारा गाउँपालिकाको वडा नम्बर ९ पर्छन्। छबिसपाथीभेरा, खप्तडछान्ना र थलारा गाउँपालिका ९ को मतगणना सकिएपछि अब ५ पालिकाको गणना गर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .