राजनीति


माधव नेपालतिर हेर्दै प्रचण्डले भने- जोखिम उठाएरै भए पनि कम्युनिस्ट शक्तिहरू एकतामा जानैपर्छ

माधव नेपालतिर हेर्दै प्रचण्डले भने- जोखिम उठाएरै भए पनि कम्युनिस्ट शक्तिहरू एकतामा जानैपर्छ

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १०:२४, काठमाडौँ

प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोखिम उठाएरै भए पनि कम्युनिस्ट शक्तिहरू एकता र सहकार्यमा जानुपर्ने बताएका छन्। 

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा गरेको तेस्रो वार्षिक केन्द्रीय सभाको उद्घाटन गर्दै प्रचण्डले नेपालका कम्युनिस्ट शक्तिहरूबीचको एकतमा जोड दिएका हुन्।

‘सहकार्य र एकतामा जानैपर्छ। जोखिम उठाउँदै अगाडि बढ्नु आजको आवश्यकता हो,’ प्रचण्डले आफूसँगै मञ्चमा रहेका एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालतिर हेर्दै भने, ‘जोखिम छ तर राष्ट्रिय स्वाधीनता, कम्युनिस्ट भविष्य र वामपन्थी एकताका लागि चुनौती उठाउनैपर्छ। हामी त्यही बाटोमा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .