राजनीति


राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टीका जिम्मेवारीबाट अलग

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टीका जिम्मेवारीबाट अलग

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १६:०, काठमाडौँ

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष घिमिरेले आइतबार विज्ञप्ति जारी गरी आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।

घिमिरेले विज्ञप्तिमार्फत राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुन र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

२८ चैतमा घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनलाई माओवादी केन्द्रलगायत सत्ता गठबन्धनका दलहरूले समर्थन गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .