ad ad

राजनीति


वामपन्थी एकताको कुराले न सरकार बन्छ न देश : ओली

‘आवश्यक परे कम्युनिस्ट एकता गर्छौँ, तर दल र व्यक्ति छानेर मात्रै’
वामपन्थी एकताको कुराले न सरकार बन्छ न देश : ओली

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १२:५८, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुराले सरकार र देश दुवै नबन्ने टिप्पणी गरेका छन्। 

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आवश्यक परेका बेला कम्युनिस्ट एकता गर्ने भएपनि त्यसका लागि दल र व्यक्ति छान्नपर्ने आवश्यक्ता रहेको बताए। 

‘यतिबेला राष्ट्रिय शक्ति मिलेर सुशासन र समृद्धिको बाटोतर्फको एकता आजको आवश्यक्ता हो। वामपन्थीका नामको एकता भन्ने कुरा होइन,’ ओलीले भने, ‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ न देश चल्छ।’

साथै, उनले पार्टी बिगार्ने र अवसरको मात्रै खोजी गर्नेहरूलाई एकतामा समावेश नगर्ने पनि बताए। 

‘परेको बखतमा एकता गर्छौँ पनि। छर छानेर। पार्टी बिगार्ने र अवसरको खोजीका लागि लाग्ने, आन्दोलनको हित नहुनेगरी काम गर्नेलाई सहभागी गराउँदैनौँ,’ ओलीले भने।

ओलीले प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको भन्दै कुर्सीका लागि लड्न नहुने पनि बताए। 

‘प्रधानमन्त्रीको कुरा चलेको छ। त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको, प्रधानमन्त्रीको पद ठूलो कुरा होइन। महत्त्वपूर्ण कुरा पनि हो। यतिबेला के गर्दा अनुकुल वातावरण बन्छ, देश ओरालो लागिरहेको छ हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौँ भने त्यो राम्रो होइन,’ ओलीको भनाइ छ। 

मन्त्रालयको विषयमा अडिनु अहिलेको हाम्रो अभिभारा नभएको ओलीको भनाइ थियो। ‘अहिले अनुचित देशका लागि हानिकारक कामका लागि रोक्नु मुख्य कुरा हो,’ ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .