ad ad

राजनीति


इलाम–२ मा रास्वपाका मिलन लिम्बूले गरे उम्मेदवारी दर्ता

इलाम–२ मा रास्वपाका मिलन लिम्बूले गरे उम्मेदवारी दर्ता

नेपालखबर
चैत २४, २०८० शनिबार १६:३६, काठमाडौँ

इलाम–२ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मनोनयन दर्ता गराएका छन्। पार्टी सम्पर्क कार्यालयबाट र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लिम्बूले उम्मेदवारी दर्ता गराएका हुन्। 

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज (शनिबार) का लागि मनोनय दर्ताको मिति तोकेको थियो। सोही अनुसार इलाम–२ र बझाङ–१, प्रदेशसभा (१)मा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। 

मनोनयन दर्ताका लागि पार्टी उपसभापति डीपी अर्याल, सांसद निशा डाँगी, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायत पुगेका  थिए। लिम्बू राष्ट्रिय झण्डा ओढेर मनोनयनका लागि पुगेका थिए।

लिम्बूले सुरुमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। पत्रकार समेत रहेका लिम्बूलाई रास्वपपाले पार्टीमा भित्र्याएर टिकट दिएको हो। 

केही सातादेखि लिम्बू निर्वाचन क्षेत्रमै खटिएर चुनावी प्रचार प्रसार गरिरहेका छन्।

त्यस्तै, माओवादी केन्द्रको समर्थनसहित नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राई, पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम लगायतले पनि उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .