राजनीति


चीनबाट फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ, सुनाए ११ बुँदे उपलब्धि

चीनबाट फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ, सुनाए ११ बुँदे उपलब्धि

तस्बिर : रासस


नेपालखबर
चैत १९, २०८० सोमबार १२:४५, काठमाडौँ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमण सकेर फर्किएका छन्।

सात दिन लामो भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका उनले आफ्नो यात्रालाई उपलब्धिमूलक भनेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै त्यसका लागि चीनको सहयोग चाहिने गरी छलफल गरेको बताए।

उनले आफ्नो भ्रमणका क्रममा भएको छलफलबाट परिणाम सकारात्मक आउने विश्वास जनाए । नेपालको आर्थिक विकासबारे विभिन्न बुँदामा छलफल भएको उनले बताएका छन्। 

चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीन पुगेका थिए।

के के कुरामा भयो छलफल?

  • नेपालाई आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउने विषयमा चीन सकारात्मक।
  • नेपाल र चीनका सहरहरूबीच थप हवाइ सेवा विस्तार गर्ने गरी छलफल।
  • नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहमत।
  • तेस्रो नेपाल लगानी सम्मेनलमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानी कर्ता सहभागी गराउन तयार।
  • चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा प्रोत्सहान गरिने गरी छलफल।
  • चीनमा नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउन दुई देशबीच मिलेर काम गर्ने प्रतिबद्धता। यसले दुई देशबीच पर्यटक बढ्ने विश्वास।
  • अन्तरदेशीय सडक, रेलवे र हवाइ उडान विस्तार गरी कनेक्टिभिटी बढाउने।
  • नेपालमा औद्योगीकरण बढाउन चीन र नेपालबीच कुराकानी सकारात्मक।
  • चीनको प्रविधि र ज्ञान नेपाल भित्र्याउन दुवै देशले पहल गर्ने।
  • नेपाल, तिब्बत र छोङछिङबीच डेभलपमेन्ट करिडोर बनाइने।
  • चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निम्तो। विदेशमन्त्री यी यसै वर्ष नेपाल आउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .