उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमण सकेर फर्किएका छन्।
सात दिन लामो भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका उनले आफ्नो यात्रालाई उपलब्धिमूलक भनेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै त्यसका लागि चीनको सहयोग चाहिने गरी छलफल गरेको बताए।
उनले आफ्नो भ्रमणका क्रममा भएको छलफलबाट परिणाम सकारात्मक आउने विश्वास जनाए । नेपालको आर्थिक विकासबारे विभिन्न बुँदामा छलफल भएको उनले बताएका छन्।
चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीन पुगेका थिए।
के के कुरामा भयो छलफल?
- नेपालाई आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउने विषयमा चीन सकारात्मक।
75
Shares

प्रतिक्रिया