ad ad

राजनीति


महालेखा परीक्षकमा तोयम राया सिफारिस

महालेखा परीक्षकमा तोयम राया सिफारिस

नेपालखबर
चैत १८, २०८० आइतबार १०:५१, काठमाडौँ

महालेखा परीक्षकमा नेपाल सरकारका सचिव तोयम राया सिफारिस भएका छन्।

आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायाको नाम सिफारिस गरेको सभामुख देवराज घिमिरेले नेपालखबरलाई जानकारी दिए।

हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन्।

संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि आइतबार पहिलोपटक परिषद्को बैठक बसेको थियो। 

बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसहित सदस्यहरू  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना सहभागी भएका थिए। 

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्‌मा सत्ता समीकरणसँगै शक्ति संरचना पनि फेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .